मुक्तिनाथ म्युचुअल फण्ड-२ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्से र मुक्तिनाथ क्यापिटलबीच मंसिर १ गते फण्डका इकाई सूचीकरण गर्ने सम्झौता भएको हो ।

नेप्सेका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड ५० लाख इकाई सूचीकृत भएका छन् । सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको उक्त सबै इकाई वितरण भएपछि नेप्सेमा सूचीकृत गरिएको हो ।

अब उक्त म्युचुअल फण्डको इकाई मंसिर २ गते बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ । 

Share News