चितवनले काठमाण्डूलाई दियो २०५ रनको शानदार लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर चरणको खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रनको योगफल तयार पार्यो । 

चितवन राइनोजका ओपनर कामिल मिशाराले एनपीएलमा अहिलेसम्मकै उच्च व्यक्तिगत रन बनाए । उनले १२० रन बनाएका हुन् ।

यस्तै, रवि बोपारले ५३, देव खनालले १७ र  विवेक यादवले ८ रन बना । 

काठमान्डुका कप्तान करण केसी र रासिद खानले २–२ विकेट लिए ।

टस जितेपछि चितवनले पहिले ब्याटिङ रोजेको हो । 

समूह चरणको प्रतिस्पर्धाका आधारमा तेस्रो र चौंथो स्थानमा रहेका टोलीबीच हुने प्रतिस्पर्धामा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

विजेता टोलीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ । 

यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्स फाइनल पुगिसकेको छ । 

उसले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

Share News