काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंकले घटेर २६२५ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सेन्ट्रल फाइनान्सको १८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १२ करोड, सुपर मादिको ११ करोड र घलेम्दी हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका १३ उपसूचकमध्ये ११ वटामा गिरावट आएको छ । कारोबारमा बैंकिङ र म्युचुअल फन्ड समूहबाहेक सबै समूहका सूचक घटेका छन् ।
उपलब्ध विवरणअनुसार व्यापार समूहको सूचक सबैभन्दा धेरै २.४९ प्रतिशतले घटेको छ। यो समूहको सूचक ८०.४४ अंक घटेर ३ हजार १४०.२१ विन्दुमा झरेको छ ।
त्यस्तै, वित्त समूहको सूचक ०.९१ प्रतिशतले घटेर २ हजार १४३.१४ विन्दुमा पुगेको छ। विकास बैंक समूह ०.६५ प्रतिशत, निर्जीवन बिमा समूह ०.६५ प्रतिशत र अन्य समूह ०.५९ प्रतिशतले घटेका छन् ।
लघुवित्त समूहको सूचक ०.५४ प्रतिशत, जलविद्युत् समूह ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४९ प्रतिशत र जीवन बिमा समूह ०.३५ प्रतिशतले घटेका छन् । होटल तथा पर्यटन समूह ०.३२ प्रतिशत र लगानी समूह ०.१७ प्रतिशतले ओरालो लागेका छन् ।
यस दिन बैंकिङ समूहको सूचक भने ०.०५ प्रतिशतले बढेर १ हजार ५७०.९० विन्दुमा पुगेको छ । म्युचुअल फन्ड समूह पनि ०.१९ प्रतिशतले बढेर १९.९८ विन्दुमा कायम भएको छ ।