काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २६३६.१० बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नबिल डिभेन्चरको भएको छ । नबिलको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै घलेम्दी हाइड्रोको २० करोड, सेन्ट्रल फाइनान्सको १९ करोड, सानिमा माईको १५ करोड र शिवम् सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये १२ वटामा गिरावट आएको छ । म्युचुअल फन्ड उपसूचकबाहेक सबै उपसूचक घटेका हुन् ।
सबैभन्दा धेरै होटल तथा पर्यटन उपसूचक १.२१ प्रतिशतले घटेको छ । यसको सूचक ८५.७३ अंकले घटेर ६ हजार ९४७.९२ विन्दुमा झरेको छ ।
त्यस्तै, विकास बैंक उपसूचक ०.८४ प्रतिशतले घटेर ५ हजार ४५९.४५ विन्दुमा आएको छ । जीवन बीमा उपसूचक पनि ०.८४ प्रतिशतले घटेर ११ हजार ७१८.०८ विन्दुमा झरेको छ ।
निर्जीवन बीमा उपसूचक ०.६९ प्रतिशत, लघुवित्त ०.६० प्रतिशत, अन्य ०.५८ प्रतिशत, फाइनान्स ०.५५ प्रतिशत र बैंकिङ उपसूचक ०.४७ प्रतिशतले घटेका छन् ।
त्यस्तै, जलविद्युत् उपसूचक ०.३१ प्रतिशत, लगानी ०.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत र व्यापार उपसूचक ०.०२ प्रतिशतले घटेका छन् ।
यस दिन म्युचुअल फन्ड उपसूचक भने ०.१२ प्रतिशतले बढेको छ । यसको सूचक ०.०२ अंकले बढेर १९.९४ विन्दुमा पुगेको छ ।