काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २९ गते बसेको २४३औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको आधारमा वितरण गरिनेछ ।
कम्पनीका अनुसार ६ प्रतिशत बोनस सेयरबापत ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँ बराबरका सेयर वितरण गरिनेछ । त्यस्तै, १५ प्रतिशत नगद लाभांशबापत ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ वितरण गरिनेछ । नगद लाभांशमा लाभांश करसमेत समावेश छ ।
कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल १ अर्ब ९ करोड ७० लाख ९७ हजार ७५० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।