गोल्याणले बेच्दै सिटी होटलको साढे ६ लाख कित्ता सेयर

काठमाडौं । सिटी होटल लिमिटेडका संस्थापक सेयरधनी कुमुद गोल्यानले आफ्नो नाममा रहेको ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार गोल्यानले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार संस्थापक सेयरधनीले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सिटी होटलले सेयर बिक्री गर्न चाहने संस्थापक सेयरधनीको विवरण नेप्सेमार्फत सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार गोल्यानले बिक्री गर्न चाहेको ६ लाख ५० हजार कित्ता सेयर संस्थापक सेयर हो । उक्त सेयर बिक्री गर्ने मनसायसम्बन्धी जानकारी कम्पनीले नेप्सेलाई गराएको हो । 

Share News