काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । राष्ट्रिय गानसँगै भेलाको औपचारिक सुरुवात गरिएको हो ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३ हजार ४ सय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सुरु भएको भेलामा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।