काठमाडौं । मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।
तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, मधेश र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।