यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन् । कम्पनी व्यवस्थापनले उनलाई मंगलबारदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी कम्पनीको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजर थिए । 

विष्टले सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा जागिर सुरु गरेका थिए । कम्पनीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी कार्यकारी नेतृत्वमा पुगेका हुन् ।

उनीसँग उड्डयन क्षेत्रमा १७ वर्षभन्दा बढी लामो अनुभव छ ।


 

Share News