राष्ट्रिय कर दिवसमा भाटभटेनीले पायो सरकारको विशेष सम्मान

काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ।

राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेका हुन् ।

व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौती र प्रतिकूल अवस्था आए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको, सरकारलाई राजस्व बुझाउन महत्त्वपूर्ण योगदान पुर्याएको तथा रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो ।

कर दिवसका अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई समेत सम्मान गरेको छ। 

Share News