काठमाडौं । तीन सयको सामान किनेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले १० लाख पुरस्कार जितेका छन् ।
सरकारले मंगलबार (आज) आयाेजना गरेको करदाता प्रोत्साहन उपहार घोषणा कार्यक्रममा श्रेष्ठले १० लाख पुरस्कार हात पारेका हुन् ।
उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।
आज यसअघिका विजेताहरू सञ्चमाया तामाङ र गौरी शंकर पण्डितलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी, करदाता प्रोत्साहन उपहारअन्तर्गत १५ जनाले एक-एक लाख पुरस्कार हात पारेका छन् ।

