काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा आईएमई लिमिटेड सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सरकारले आईएमई लिमिटेडलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।
रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमार्फत सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्वमा योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो ।