काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ ।
पार्टी प्रचार विभागका प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम तय भएको हो ।
आचार्यका अनुसार पार्टीको दोस्रो स्थायी कमिटी बैठकमा मंसिर २ र ३ गते सन्चालन हुने कार्यकर्ता भेला, समसामयिक राजनीतिक अवस्था, पार्टीका आगामी कार्ययोजना तथा संगठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।