काठमाडौं । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार भीषण आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार आगलागीमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् ।
समाचार एजेन्सी रोयटर्सले सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै जनाएअनुसार भवनमा आइतबार स्थानीय समयअनुसार साँझ ४ बजेर ५९ मिनेटमा आगलागी भएको थियो ।
आगलागी भएको करिब दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
विज्ञहरूका अनुसार भवन निर्माण तथा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा चीनमा यस्ता घातक आगलागीका घटना बढिरहेका छन् ।