काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन गरेकी छन् । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन् ।
अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारको निर्माण तथा व्यवस्थापकीय प्रगतिबारे सरोकारवालासँग विस्तृत जानकारी लिएकी छन् । प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा सुविधाका विषयमा मन्त्री बादीले चासो राखेकी छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल क्षेत्रको समग्र विकास र राष्ट्रिय एकता प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिइन् ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यस राष्ट्रियस्तरको प्रतियोगिताले यस क्षेत्रको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान स्थापित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।