सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन गरिएको छ । शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट उनीहरू नाम अनुमोदन गरिएको हो ।

सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि समितिबाट नाम अनुमोदन गरिएकाहरूमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

समितिमा शुक्रबार बागचन्द र सारूको सुनुवाइ गरिएको थियो । शनिबार पाण्डे र डाँगीको सुनुवाइपछि उनीहरूको नाम अनुमोदन गरिएको थियो ।

संसदीय समितिमा सुनुवाइ र त्यहाँबाट अनुमोदनपश्चात् उनीहरूलाई नियुक्त गरिने संवैधानिक व्यवस्था छ ।

Share News