हिमालयन क्यापिटलको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरणसमेत छलफलपछि पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेका उपलब्धिहरूको समीक्षा गरिएको थियो । साथै संस्थाका भावी योजना तथा रणनीतिबारे छलफल भएको थियो ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको हिमालयन क्यापिटलले मर्चेन्ट बैंकिङअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, कोष व्यवस्थापन, डिपोजिटरी तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

Share News