नेप्सेका नवनियुक्त सीईओ सुवेदीले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका थिए । नियुक्तिपत्र प्राप्त गरेपछि उनले नेप्सेको नेतृत्व सम्हालेका हुन् ।

सुवेदीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो कार्यअनुभव छ । उनले कृषि विकास बैंकमा लामो समय काम गरेका छन् ।

उनी यसअघि कृषि विकास बैंकको मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) को जिम्मेवारीमा थिए । 

Share News