चितवनका १७ भूमिहीन परिवारले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

लालपुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुम्बासी र १२ अव्यवस्थित बसोबासी परिवार रहेका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा पाएसँगै जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ । उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यअनुसार लालपुर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइएको जनाइएको छ । 

Share News