रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका थिए ।

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए ।

साथै उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे ।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा पनि कुराकानी भएको थियो । 

Share News