काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २६६५.५३ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३५८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार स्विट गंगा हाइड्रोको भएको छ । स्विट गंगाको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै घोराही सिमेन्टको ५१ करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, एनआईसी एसिया बैंकको ३२ करोड र घलेम्दी हाइड्रोको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार सेयर बजारका अधिकांश उपसूचक घटेका छन् । कारोबारमा रहेका १३ उपसूचकमध्ये ९ वटा घट्दा ४ वटा भने बढेका छन् ।
यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । यो समूह १११.५८ अंकले बढेर १ हजार ९१४.८८ बिन्दुमा पुगेको छ ।
त्यस्तै, व्यापार समूह १.११ प्रतिशतले बढेको छ । जीवन बिमा र म्युचुअल फन्ड समूह पनि ०.१० प्रतिशतले उकालो लागेका छन् ।
यता, होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ०.७४ प्रतिशतले घटेको छ । बैंकिङ र वित्त समूह ०.८२ प्रतिशतले घटेका छन् । विकास बैंक ०.४४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, लघुवित्त ०.२० र निर्जीवन बिमा समूह ०.१३ प्रतिशतले घटेका छन् ।