एनआईसी एशियाले ७ अर्ब ४५ करोडको हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ ।

बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो ।

स्वीकृतिअनुसार बैंकले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ३५ हजार रुपैयाँ पुँजी जुटाउनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटलले पाएको छ ।

सेबोनको स्वीकृतिपछि औपचारिक पत्र प्राप्त भएलगत्तै बैंकले सेयर निष्कासन मिति, बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ ।

हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी थप वृद्धि हुनेछ । 

Share News