काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६२ अंकले बढेर २६६४ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १४३ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै बुटवल पावर कम्पनीको १९ करोड, सोल्टी होटलको १६ करोड र सानिमा मिडल तमोरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका उपसमूहमध्ये मंगलबार होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।
उक्त समूहको सूचक ७५.७६ अंक अर्थात् १.०७ प्रतिशतले बढेर ७ हजार ९३.२४ विन्दुमा पुगेको छ ।
त्यस्तै, बैंकिङ समूहको सूचक ८.३२ अंकले बढेर १ हजार ६०२.०६ विन्दुमा पुगेको छ । विकास बैंक समूह ३.७४ अंकले बढेर ५ हजार ५५२.०२, जलविद्युत् समूह ११.४८ अंकले बढेर ३ हजार ६६८.२२ विन्दुमा पुगेको छ ।
जीवन बीमा समूह १०.७९ अंक, निर्जीवन बीमा समूह ९.४२ अंक र माइक्रोफाइनान्स समूह ६.१४ अंकले बढेका छन् । व्यापार समूह ५.०२ अंकले बढ्दा म्युचुअल फन्ड समूहमा सामान्य वृद्धि देखिएको छ ।
यता, फाइनान्स समूह ०.२६ अंकले घटेर २ हजार २१३.४७ विन्दुमा झरेको छ । लगानी समूह ०.०४ अंक, उत्पादन तथा प्रशोधन समूह ७.१८ अंक र अन्य समूह ०.५१ अंकले घटेका छन् ।