काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको आइतबार बसेको सञ्चालक समितिको १८३औँ बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले २०८३ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ ।
स्वीकृत वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णयसमेत भएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।
यससँगै आरम्भ चौतारी लघुवित्तका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश नपाउने भएका छन् ।