काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।
सहकार्यअनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका अनुसार २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ ।
त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ ।
योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिले आउनेलाई प्राथमिकता दिँदै छुट प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधालाई विस्तार गर्दै ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने उद्देश्यले दराजसँग सहकार्य गरेको जनाएको छ ।
यस सहकार्यले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।