काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँ रहेको छ । प्रस्तावित लाभांशअनुसार सेयरधनीले कुल ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश पाउनेछन् ।
उक्त लाभांश वितरण प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय भएको संस्थाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको १३औँ वार्षिक साधारणसभाबाट पारित गरी प्रचलित कानुनी प्रक्रिया पूरा गरेर सेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।