सेयर बजारमा ८ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.४५ अंकले घटेर २६९० बिन्दुमा झरेको छ । 

नेप्सेका अनुसार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

शुक्रबार ३४८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लुम्बिनी विकास बैंकको भएको छ । लुम्बिनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै, शिवम् सिमेन्टको ३० करोड, घलेम्दी हाइड्रोको २७ करोड, ग्रिन भेन्चरको २६ करोड र सोलु हाइड्रोको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज बेनी हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा कारोबार हुने अधिकांश उपसूचकमा गिरावट आएको छ । शुक्रबार विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै १.६१ प्रतिशतले बढ्दा बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्लगायतका उपसूचक घटेका छन् ।

नेप्सेका अनुसार विकास बैंक उपसूचक ८९.८४ अंकले बढेर ५ हजार ६५४.७२ विन्दुमा पुगेको छ ।

त्यस्तै, निर्जीवन बीमा उपसूचक २९.२३ अंकले बढेर ९ हजार ५८९.१८ विन्दुमा पुगेको छ । व्यापार उपसूचक ८.०४ अंक, अन्य समूह २.७६ अंक र म्युचुअल फण्ड उपसूचक ०.०५ अंकले बढेका छन् ।

यता, उत्पादन तथा प्रशोधन समूहको उपसूचक सबैभन्दा धेरै ४१.५५ अंकले घटेर १० हजार ७२९.८० विन्दुमा झरेको छ ।

त्यसैगरी, जीवन बीमा उपसूचक २०.२३ अंक, जलविद्युत् २१.४९ अंक, होटल तथा पर्यटन १६.५२ अंक, वित्त १०.७४ अंक र बैंकिङ उपसूचक ७.१५ अंकले घटेका छन् ।

लघुवित्त उपसूचक ५.६७ अंक र लगानी उपसूचक ०.२१ अंकले घटेका छन् ।    

Share News