काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेँडा ३५ रुपैयाँ कायम भएको छ। नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेँडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, रातो लाम्चो, गोलो र मुडे आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ। भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ८५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
यस्तै, लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ र सेतो हाइब्रिड मूला ३० रुपैयाँ रहेको छ। लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ तथा लोकल र हाइब्रिड घिउ सिमी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ।
टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ र लौका ५० रुपैयाँमा कारोबार भइरहेको छ।
हरियो सागसब्जीतर्फ रायोको साग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ रहेको छ।
त्यसैगरी, कन्य च्याउ प्रतिकिलो १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ कायम भएको छ। कुरिलो प्रतिकिलो ७०० रुपैयाँ, न्युरो ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला ८० रुपैयाँ रहेको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ कायम भएको छ। नेपाली र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।