काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड-हेलिङ पार्टनर बनेको छ । अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी-२० क्रिकेट प्रतियोगितामा इनड्राइभले आधिकारिक राइड-हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको छ ।
यस साझेदारीमार्फत इनड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ । यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने प्रणालीमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतालाई प्राथमिकता दिँदै आएको छ । यी मूल्यहरू क्रिकेटको खेल भावना र एनपीएलको उद्देश्यसँग मेल खाने कम्पनीको विश्वास छ ।
प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीहरूले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न सक्नेछन् । यात्रुले एपमा आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्नेछन् । यसरी दुवै पक्षको सहमतिमा यात्रा सुरु हुनुअघि नै भाडा निर्धारण गर्न सकिनेछ ।
दर्शकहरूको आवतजावतलाई थप सहज बनाउन इनड्राइभले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि गरि रहेको छ । उक्त सेवाअन्तर्गत गेट नम्बर २ नजिकै रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकहरूलाई उनीहरूका लागि तोकिएका प्रवेशद्वारसम्म पुर्याइनेछ ।
यातायात सुविधासँगै इनड्राइभले यस सिजन दर्शकहरूको अनुभवलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न गतिविधि पनि सञ्चालन गर्ने भएको छ । मैदान परिसरमा रहने इनड्राइभका एक्टिभेसन स्टलहरूमा दर्शकहरूले निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर प्राप्त गर्न सक्नेछन् । साथै, इनड्राइभको मस्कटसँग तस्बिर खिचाउने, मनोरञ्जनात्मक खेलमा सहभागी हुने तथा दैनिक आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन् । यसैगरी, प्रत्येक खेलमा क्यामेरामार्फत एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’ का रूपमा छनोट गरिनेछ । छनोट भएका दर्शकलाई इनड्राइभको तर्फबाट विशेष उपहार ह्याम्पर प्रदान गरिनेछ ।
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले एनपीएलसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘नेपालको लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । क्रिकेटले देशभरका लाखौँ नेपालीलाई एउटै उत्साहमा जोड्ने काम गरेको छ । यस साझेदारीमार्फत हामी क्रिकेटप्रेमीहरूसँग अझ नजिक हुन चाहन्छौँ । साथै, दर्शकहरूलाई आपसी सहमतिमा तय गरिएको उचित भाडामा खेलस्थलसम्म पुग्न र फर्कन सहज बनाउने हाम्रो उद्देश्य हो ।’
उनले थपिन्, ‘इनड्राइभको सेवा प्रणाली निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतामा आधारित छ । यी मूल्यहरू क्रिकेटको खेल भावना र एनपीएलको मर्मसँग पनि मेल खान्छन् । यस सहकार्यमार्फत दर्शकहरूको यात्रालाई सहज बनाउनुका साथै मैदानमा उनीहरूको अनुभवलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउन चाहन्छौँ ।’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले इनड्राइभलाई एनपीएलको आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गर्दै भने, ‘नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा इनड्राइभलाई आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सेवामा सहज पहुँच विस्तार गर्ने इनड्राइभको प्रतिबद्धता क्रिकेटमार्फत समावेशिता र खेल भावनालाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्यसँग मेल खान्छ । यस साझेदारीले प्रतियोगिताको व्यवस्थापनमा सहयोग पुग्नुका साथै दर्शकहरूको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ ।’
एनपीएलसँगको यो साझेदारीलाई इनड्राइभले नेपालमा खेलकुद प्रवद्र्धन र समुदायसँगको सम्बन्ध विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको छ । स्थानीय चालकहरूका लागि आम्दानीका अवसरसँगै यात्रुहरूलाई सहज र पारदर्शी यातायात विकल्प उपलब्ध गराउँदै आएको कम्पनीले यस सहकार्यबाट चालक, यात्रु तथा क्रिकेटप्रेमीहरूसँगको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरेको छ ।