सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । बिहीबार तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ । 

Share News