कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसीलाई सर्वाधिक मत

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फको केन्द्रीय सदस्य निर्वाचनमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित विजयी भएका छन् ।

पेशागततर्फ पाँच केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो स्थानमा निर्वाचित भएका छन् । 

त्यस्तै, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौं स्थानमा रहेर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

निर्वाचनमा शिवशंकर रिजाल १२ मतले केन्द्रीय सदस्य बन्नबाट चुकेका छन् । उनले १ हजार २२० मत प्राप्त गरेका छन् ।

त्यस्तै, डा. नहकुल केसीले १ हजार १६६, भरतराज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र इन्जिनियर मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन् ।

यसैगरी, इन्जिनियर धनेन्द्र केसीले ८७५, इन्जिनियर दीपेन्द्र क्षेत्रीले ८६८, गोपालप्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मीकिशोर सुवेदीले ४७८, शमिरजंग शाहले ४५७ र धर्मानन्द जोशीले ४५४ मत प्राप्त गरेका छन् ।

सुवास अधिकारीले ४४६, विनोदकुमार यादवले ४२७, शिव लम्सालले ४२४, मोहन लम्सालले ४०६, ज्ञानिन्द्र झाले ३८६ र शत्रुघ्नप्रसाद गुप्ताले ३७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, इन्जिनियर सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, इन्जिनियर यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरिप्रसाद कार्कीले २७५, सुशीलप्रसाद फुँयालले १९० र विश्वदीप लामिछानेले १८६ मत प्राप्त गरेका छन् ।

महिलातर्फ सीता पोखरेल र बाला अधिकारी निर्वाचित

पेशागततर्फ महिलाका लागि छुट्याइएका दुई केन्द्रीय सदस्य पदमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणामअनुसार घिमिरेले २ हजार ६५० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन् । अधिकारी २ हजार १९४ मतसहित दोस्रो स्थानमा निर्वाचित भएकी हुन् ।

प्रतिस्पर्धामा रहेकी इन्जिनियर मेली साह भने सात मतले पराजित भएकी छन् । उनले २ हजार १८७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, इन्जिनियर निर्मला लामाले २ हजार १४, रञ्जिता कार्कीले १ हजार ८३२ र सुधा रिजालले ७२८ मत प्राप्त गरेका छन् ।

यससँगै कांग्रेसको १५औं महाधिवेशनबाट पेशागततर्फ पाँच खुला र दुई महिला गरी सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

Share News