काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मुस्लिम क्लस्टरतर्फको सहमहामन्त्रीमा डा. मोहमद फिरदोस आलम निर्वाचित भएका छन् ।
रौतहटका आलमले निकटतम प्रतिस्पर्धी गोरखाका अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेका हुन् ।
मतगणनाको अन्तिम परिणामअनुसार आलमले प्रतिस्पर्धीलाई ६०० भन्दा बढी मतान्तरले पराजित गरेका छन् ।
डा. आलमले ३ हजार ३ सय ४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सतारले २ हाजार ७ सय २७ मत प्राप्त गरेका हुन् ।
अर्को उम्मेदवार अतहर कमाल मुसलमानले भने ५५७ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्रीको एक पदका लागि आलम, अब्दुल सत्तार र अतहर कमाल मुसलमानबीच प्रतिस्पर्धा भएको थियो ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका आलमले मधेशमा पार्टीलाई उठाउने जिम्मेवारी पाएका छन् ।