काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणनामा प्रकाश रसाइली स्नेहीले फराकिलो अग्रता लिएका छन् ।
३ हजार मत गणना हुँदा स्नेहीले २ हजार ८० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४९२ र नरेन्द्र पासवानले ३२४ मत प्राप्त गरेका छन् ।
हालसम्मको मतपरिणामअनुसार स्नेहीले आफ्ना निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीभन्दा १ हजार ५८८ मत बढी प्राप्त गरेका छन्। त्यस्तै, पासवानले ३२४ मत पाएका छन् ।
दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा तीन जनाबीच प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणनामा स्नेहीले अन्य प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तर बनाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पद र समावेशी समूहका केन्द्रीय सदस्यको मतगणना भइरहेको छ ।