काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावअनुसार संस्थाले कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । यसअनुसार नगद लाभांशमा लाग्ने करसहित कुल १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ वितरण गरिनेछ ।
संस्थाले बोनस सेयर भने वितरण नगर्ने भएको छ । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ ।
राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै प्रस्तावित लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ।