कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

विनिता खड्काको यथास्थितिमा राखिने

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरिन् । 

महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भइन् ।

यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित भइन् ।

निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का पनि भए पनि उनीमाथि मुद्दा रहेकाले उनलाई निर्वाचन समितिले तत्काल निर्वाचित गरेकाे छैन । समितिका अनुसार उनी आरोपमुक्त भएपछिमात्र उनलाई निर्वाचित घोषित गरिनेछ ।

अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन् । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो ।

Share News