धौलागिरी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४ अंकले बढेर २५९५ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

सोमबार ३५४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै घलेम्दी हाइड्रोको १९ करोड ८० लाख, साहस उर्जाको १९ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकको १५ करोड र प्राइम कर्मसियल बैंकको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज धौलागिरी लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

नेप्सेमा कारोबार भएका उपसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा र व्यापार समूह बढेका छन् । होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहका उपसूचक भने घटेका छन् ।

व्यापार उपसूचक सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेर ३ हजार २१०.३७ विन्दुमा पुगेको छ । बैंकिङ उपसूचक १.०१ प्रतिशतले बढेर १ हजार ५३२.५८ विन्दुमा पुगेको छ । विकास बैंक उपसूचक ०.५३ प्रतिशतले बढेर ५ हजार ४००.३४ विन्दुमा कायम भएको छ ।

त्यस्तै, वित्त उपसूचक ०.२१ प्रतिशतले बढेर २ हजार १८८.०६ विन्दुमा पुगेको छ । जीवन बीमा उपसूचक सामान्य ०.०५ प्रतिशतले बढेर ११ हजार ६१८.९० विन्दुमा कायम भएको छ ।

घट्ने समूहमा होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै ०.८७ प्रतिशतले घटेर ६ हजार ९१०.६९ विन्दुमा झरेको छ । जलविद्युत् उपसूचक ०.४६ प्रतिशतले घटेर ३ हजार ५२६.४४ विन्दुमा पुगेको छ ।

लगानी उपसूचक ०.२८ प्रतिशत, म्युचुअल फन्ड ०.२८ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ०.१९ प्रतिशतले घटेका छन् । निर्जीवन बीमा उपसूचक ०.१२ प्रतिशत, अन्य समूह ०.४२ प्रतिशत र लघुवित्त उपसूचक ०.०१ प्रतिशतले घटेका छन् ।

Share News