भेस्पाको नयाँ १५० सीसी स्कुटर आज सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले असोज २६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्न लागेको हो ।

नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाका स्कुटरको सूचीमा अर्को मोडल थपिनेछ । इटालियन डिजाइन र फरक राइडिङ अनुभवका लागि परिचित भेस्पाले नयाँ स्कुटरमार्फत ग्राहकलाई थप विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नयाँ १५० सीसी मोडल सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

उनका अनुसार भेस्पाले कालजयी इटालियन डिजाइन, विशिष्ट व्यक्तित्व र फरक राइडिङ अनुभवलाई प्राथमिकता दिँदै आएको छ । नयाँ मोडलले नेपालमा ब्रान्डको उपस्थिति थप सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

नयाँ स्कुटर सार्वजनिक गर्ने कार्यक्रममा आमन्त्रित अतिथि तथा शुभचिन्तकहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

नयाँ मोडलका विशेषता, मूल्य र उपलब्धताबारे थप जानकारी सार्वजनिक कार्यक्रममा दिइनेछ । डेल्टा अटोकर्पले आफ्नो बिक्री सञ्जालमार्फत देशभरका ग्राहकलाई भेस्पाका स्कुटर उपलब्ध गराउँदै आएको छ । 

Share News