काठमाडौं । ओमोडा एन्ड जेइकु गाडी खरिद गर्ने ग्राहकले विशेष छुट पाउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच यससम्बन्धी साझेदारी भएको हो ।
नेपालमा ओमोडा एन्ड जेइकु तथा आईसीएयू सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ग्राहकलाई विशेष सुविधा दिने सहमति भएको छ ।
यस योजनाअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट दिनेछ । त्यस्तै, सिद्धार्थ बैंकमार्फत गाडी खरिदका लागि कर्जा लिने ग्राहकले सवारीसाधन खरिदमा पनि विशेष छुट पाउनेछन् ।
यो योजना एनपीएल सिजन ३ को अवधिभर लागू हुनेछ । ग्राहकले नेपालभरका आधिकारिक ओमोडा एन्ड जेइकु डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत सुविधा लिन सक्नेछन् ।
यो साझेदारीले गाडी खरिद र त्यसको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने कम्पनीले अपेक्षा गरेको छ । ग्राहकले गाडी खरिद तथा सर्भिस शुल्कमा विशेष लाभ पाउनेछन् ।
सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर हो भने ओमोडा एन्ड जेइकु प्रतियोगिताको सहप्रायोजकका रूपमा आबद्ध छ। दुवै ब्रान्ड एनपीएलको पहिलो सिजनदेखि नै प्रतियोगितासँग जोडिएका छन् ।
नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सहकार्य गर्दै आएका दुवै कम्पनीले यस साझेदारीमार्फत ग्राहकलाई थप सुविधा दिने लक्ष्य राखेका छन् । साथै, नेपाली क्रिकेटप्रतिको समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएका छन् ।