९ जना राष्ट्रिय खेलाडी बने ‘टिम एक्सट्रीम’का ब्रान्ड एम्बेसडर

काठमाडौं । एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीहरूसँग औपचारिक सम्झौता गर्दै उनीहरूलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ । आइतबार आयोजित एक कार्यक्रमबीच उनीहरूलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको हो । 

नेपाली क्रिकेटको विकास, खेलाडीहरूको प्रोत्साहन तथा युवापुस्तामा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले गरिएको यस साझेदारीमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम समावेश छन् ।

null

सम्झौताअनुसार आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ भने ब्रान्डका विभिन्न प्रवद्र्धनात्मक, खेलकुद तथा बजारीकरण सम्बन्धी गतिविधिहरूमा उनीहरूको सहभागिता रहनेछ ।

यस्तै, एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफू मुख्य प्रायोजकका रूपमा जोडिएका सातवटै टोलीहरूलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ । 

 

एनपीएलका टोलीहरूको पहिचान र समर्थकहरूको उत्साहलाई प्रतिविम्बित गर्ने गरी ल्याइएको यस विशेष संस्करणले प्रतियोगिताको माहोललाई थप रोमाञ्चक बनाउने र खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई अझ नजिक ल्याउने कम्पनीले जनाएको छ । 

युवाहरूको ऊर्जा, उत्साह र खेलप्रतिको लगावसँग आफूलाई जोड्दै एक्सट्रीम इनर्जी ड्रिंकले आगामी दिनहरूमा पनि क्रिकेटलगायत अन्य विभिन्न खेलकुद गतिविधिहरूमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News