काठमाडौं । बुढीगण्डकीमा आएको बाढी प्रभावितलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्रका अनुसार उद्धार गरिएका १८ जनालाई गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा राखिएको छ ।
‘उद्धारको क्रम जारी छ । १७–१८ जनालाई उद्धार गरेर आरुघाटकै ओल्लो पल्लो गाउँमा सारिएको छ,’ उनले थपे, ‘उहाँहरुलाई अब होल्डिङ्ग सेन्टर वा इच्छाएको गन्तव्यमा पठाउने निर्णय भएको छ ।’
जिल्ला सुरक्षा समितिको बैठकपछि उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।