‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आजदेखि सुरु

काठमाडौं । ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आजदेखि सुरु भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष पनि ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्न लागेको हाे ।

नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्न लागेको जनाएको छ । 

प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि निरन्तर रूपमा पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ । विगतका संस्करणबाट प्राप्त अनुभव, ग्राहक तथा स्वादका पारखीहरूबाट प्राप्त सुझाव र नेपाली मौलिक खानाप्रति बढ्दै गएको आकर्षणले यस अभियानलाई थप परिष्कृत र प्रभावकारी बनाउने प्रेरणा दिएको आयोजकले जनाएको छ । 

nullदेखि असोज २९ गतेसम्म पाँच दिनसम्म प्रेसिडेन्ट बिजनेस ग्रुपका विभिन्न आउटलेटहरूमा पक्कुका साथै विविध परिकार प्रस्तुत गरिनेछन् । काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र नेपाली आतिथ्यताको विशेष अनुभव प्रदान गर्ने तयारी गरिएको छ ।

यस अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशबाट समेत नेपाली मौलिक स्वादको प्रवद्र्धन गर्ने उद्देश्यले भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा प्रेसिडेन्टको पक्कुलाई प्रस्तुत तथा प्रवद्र्धन गरिँदैछ । यसले नेपाली मौलिक खानालाई विभिन्न भूगोल, समुदाय र पर्यटकीय गन्तव्यसँग जोड्दै यसको पहिचानलाई व्यापक बनाउने हाम्रो प्रयासलाई थप गति दिनेछ ।

पक्कुलाई एउटा परिकारका रूपमा मात्र होइन, नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्ने उद्देश्य आयोजनको छ । 

प्रेसिडेन्ट बिजनेस ग्रुप विगत दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा निरन्तर सक्रिय रहँदै आएको स्थापित व्यावसायिक समूह हो ।  यस अवधिमा हामीले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मूल आधार बनाउँदै आएका छन् । 

‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यताका साथ प्रेसिडेन्टले आफ्नै व्यावसायिक पहिचान, सेवा संस्कार र ग्राहकको विश्वास निर्माण गर्ने प्रयास गर्दै आएको छ । 

null

प्रेसिडेन्ट बिजनेस ग्रुपले आगामी दिनमा आफ्नो व्यावसायिक सञ्जाललाई थप विस्तार गर्ने तयारी गरिरहेको छ । रुपन्देहीको बुटवल तथा काठमाडौंको बुढानीलकण्ठबाट समेत नयाँ आउटलेटहरू सञ्चालनमा ल्याउने हाम्रो योजना रहेको आयोजकले जनाएको छ ।

यी नयाँ गन्तव्यले स्थानीय बजारमा गुणस्तरीय सेवा तथा आतिथ्यताको पहुँच विस्तार गर्नुका साथै थप रोजगारीका अवसर सिर्जना गर्न योगदान पु¥याउने अपेक्षा आयोजकको छ । 

हाल प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटहरूमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । 

 
 

Share News