काठमाडौं । बूढीगण्डकी नदीमा बाढीका कारण गोरखाका विभिन्न गाउँपालिकाहरूमा ठूलो भौतिक क्षति पुगेको छ । बाढीका कारण चार जना मानिस पनि वेपत्ता भएको बताइएको छ ।
बाढीले सडक सञ्जाल जोड्ने पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र स्थानीय बस्तीहरू बगाउँदा जनजीवन प्रभावित बनेको छ ।
बाढीका कारण गोरखा र धादिङबीचको मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ ।
तस्बिरहरू : मनास्लु संरक्षण क्षेत्र परियोजना










