पर्यटक बाढीमा फँसेको आशंका, उद्धारका लागि ४ हेलिकप्टर खटाइयो

फाइल तस्बिर ।

काठमाडौं । चुमनुब्री गाउँपालिकाले बुढीगण्डकीमा आएको बाढीका कारण पर्यटक फसेको हुनसक्ने बताएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार मनास्लु ट्रेकिङ रुटमा रहेका पर्यटक फसेको आशंका गरिएको जानकारी दिए ।

उद्धारका लागि भने यतिबेला उक्त क्षेत्रमा ४ हेलिकप्टर खटाइएको उनले बताए ।

‘३–४ ठाउँमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । मनास्लु, लार्केतिर जानु भएका पर्यटकहरू पनि फस्नुभएको छ । मानवीय क्षति यति नै भन्ने यकिन छैन,’ उनले भने । 

उक्त क्षेत्र हुँदै दैनिक ढेडसयसम्मको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनास्लु ट्रेकिङका लागि जाने गर्थे ।

यतिबेला केही सुरक्षित रहेको खबर आएपनि बाटोमै रहेका केही बाढीमा परेको हुनसक्ने उनले बताए । 

‘बाटोमा जाँदै गरेका के-कति परेका छन् त्यसको खोजी हुँदै छ । बाढी आएको क्षेत्र हुँदै दैनिक सय/डेढसय जना जति पर्यटक सधैं मनास्लु, लार्के जाने हो,’ उनले भने ।

Share News