चुमनुव्री गाउँपालिकाका अध्यक्ष भन्छन् : ५ गोठाला र १०० चौंरी वेपत्ता भए

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित चुम्बेको उन्जुल खोलामा आएको बाढीमा परी पाँचजना चौंरी गोठाला बेपत्ता भएका छन् । बाढीमा करिब सयवटा चौंरीसमेत बेपत्ता भएका छन् ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पाँच जना चौंरी गोठाला बेपत्ता भएको जानकारी दिएका हुन् । बाढीका कारण पशुचौपायासमेत हराएकाले क्षतिको विवरण संकलन गर्नुपर्ने देखिएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने बाढीबाट ठूलो मानवीय क्षति नभएको हुन सक्ने बताएका छन् । यद्यपि, बेपत्ता गोठालाको अवस्थाबारे यकिन विवरण प्राप्त हुन बाँकी छ ।

बाढी प्रभावित क्षेत्रमा भएको क्षति र बेपत्ताको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

Share News