काठमाडौँ । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले उकालो लागेर दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।