बजारमा ग्यास नपाए सिधै फोन गर्न निगमको आग्रह, यी हुन् नम्बरहरु

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएमा तत्काल उपलब्ध गराउन नेपाल आयल निगमले द्रुत टोली (क्विक रेस्पोन्स टिम) गठन गर्दै उपभोक्तालाई सोझै सम्पर्क गर्न आग्रह गरेको छ । 

निगमले बजारको आपूर्ति व्यवस्था सहज बनाउन र ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई तत्काल सहजीकरण गर्न विशेष नम्बरहरू सार्वजनिक गरेको हो । 

ग्यास नपाएका उपभोक्ताले निगमको टोलीलाई मोबाइल नम्बर ९८५१४५५१२४, ९८५१४५५१२८ तथा टेलिफोन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गरी ग्यास माग गर्न सक्नेछन् ।

फोन प्राप्त हुनासाथ टोलीले उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउने निगमले जनाएको छ ।

Share News