उपसभामुख मेनुका खाँड, राप्रपा लुम्बिनीको अध्यक्ष निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लुम्बिनी प्रदेश अध्यक्षमा प्रदेशसभाकी उपसभामुख मेनुका खाँड निर्वाचित भएकी छन् ।

प्रदेश अधिवेशनबाट खाँड प्रदेश अध्यक्षमा निर्वाचित भएको राप्रपाले जानकारी दिएको छ । खाँड राप्रपाकी केन्द्रीय सदस्यसमेत हुन् ।

खाँड २०७९ को प्रदेशसभा निर्वाचनमा राप्रपाको समानुपातिकतर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । 

प्रदेशसभामा निर्वाचित भएपछि उनी उपसभामुखमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

उपसभामुखको संवैधानिक जिम्मेवारीमा रहेकै अवस्थामा पार्टीको प्रदेश नेतृत्वमा खाँड निर्वाचित भएकी हुन् ।

Share News