काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३५९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङको २९ करोड, पिपुल्स हाइड्रोको १६ करोड र सानिमा मिडलको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ वटा उपसूचकमध्ये बैंकिङ उपसूचक मात्रै बढेको छ भने बाँकी १२ वटा उपसूचक ओरालो लागेका छन् ।
बैंकिङ उपसूचक १.२७ अंकले बढेर १ हजार ४९४.७१ विन्दुमा पुगेको छ । यसको वृद्धि ०.०८ प्रतिशत रहेको छ ।
त्यस्तै, विकास बैंक उपसूचक ३.९६ अंकले घटेर ५ हजार ३३५.४७ विन्दुमा झरेको छ । वित्त उपसूचक २.०९ अंकले घटेर २ हजार १७६.७४ विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन उपसूचक ४.१८ अंकले घटेर ६ हजार ९३६.५९ विन्दुमा कायम भएको छ भने जलविद्युत् उपसूचक १.३५ अंकले घटेर ३ हजार ५१०.०३ विन्दुमा झरेको छ ।
लगानी उपसूचकमा ०.५५ प्रतिशतको गिरावट आएको छ । यो ०.५१ अंकले घटेर ९३.५२ विन्दुमा पुगेको छ ।
जीवन बीमा उपसूचक ३४.५७ अंकले घटेर ११ हजार ५६८.६७ विन्दुमा आएको छ । उत्पादन तथा प्रशोधन उपसूचकमा भने सबैभन्दा ठूलो अंकगत गिरावट देखिएको छ । उक्त उपसूचक ७७.६९ अंकले घटेर १० हजार ४७९.२६ विन्दुमा झरेको छ ।
लघुवित्त उपसूचक १७.५७ अंकले घटेर ४ हजार ४२९.२६ विन्दुमा पुगेको छ भने सामूहिक लगानी कोष उपसूचक ०.०३ अंकले घटेर १९.४७ विन्दुमा कायम भएको छ ।
निर्जीवन बीमा उपसूचक ५७.०९ अंकले घटेर ९ हजार ३४९.१८ विन्दुमा झरेको छ । अन्य समूहको उपसूचक ६.६० अंकले घटेर १ हजार ७९३.३४ विन्दुमा पुगेको छ ।
त्यस्तै, ट्रेडिङ उपसूचक सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ । यो ४४.६८ अंकले घटेर ३ हजार १८१.१७ विन्दुमा कायम भएको छ ।