सेयर बजारमा १६९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

मंगलबार ३५९ कम्पनीको ८९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

साथै लिबर्टी इनर्जीको १३ करोड, हिमाल दोलखाको ९ करोड र लक्ष्मी सनराइजको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आज सेयर बजारका अधिकांश उपसूचक बढेका छन् । ट्रेडिङ उपसूचक सबैभन्दा धेरै ०.८२ प्रतिशतले बढेको छ ।

बैंकिङ उपसूचक ०.६५ प्रतिशतले बढेर १,४९३.४३ अंकमा पुगेको छ । विकास बैंक ०.५५ प्रतिशतले बढेर ५,३३९.४४ अंकमा पुगेको छ ।

हाइड्रोपावर उपसूचक ०.६२ प्रतिशतले बढेर ३,५११.४१ अंकमा पुगेको छ । होटल तथा पर्यटन ०.५३ प्रतिशतले बढेर ६,९४०.७७ अंकमा पुगेको छ ।

जीवन बीमा उपसूचक ०.३५ प्रतिशतले बढेर ११,६०३.२५ अंकमा पुगेको छ । उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत र लगानी उपसूचक ०.४३ प्रतिशतले बढेको छ ।

यस्तै, अन्य उपसूचक ०.३९ प्रतिशत र वित्त उपसूचक ०.१५ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड ०.२० प्रतिशतले बढेको छ ।

लघुवित्त उपसूचक भने सामान्य घटेको छ । यो ०.१७ अंकले घटेर ४,४४६.८३ अंकमा कायम भएको छ। गैरजीवन बीमा उपसूचक पनि ०.०६ प्रतिशतले घटेर ९,४०६.२८ अंकमा झरेको छ ।

 

Share News