काठमाडौं । कोरिया पठाउने भनी ठगी गर्ने एक कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भनी २ वर्ष देखि अलपत्र पारेको भन्दै एक महिलाले टिकटकमा बताएकी थिइन् । ती महिलाले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गरेर सामाजिक सञ्जाल टिकटक मार्फत कारवाहीको माग गर्दै गरेको थिइन् ।
प्रहरीले भिडियोमा महिलाले बोलेको सम्बन्धमाअनुसन्धानका गरेको थियो । प्रहरीको अनुसन्धानपछि न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक नुवाकोट बेलकोटगढी ११ का काठमाडौं सामाखुसी बस्ने पाण्डेलाई रानीबारी चोकबाट नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।